सुदूरपश्चिम पुगेर देउवाले भने : ओली सरकार आफ्नै कारण ढल्छ

धनगढी १ बैशाख
अहिलेको सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले आरोप लगाएका छन् ।
नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको नीजि निवासमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले उक्त कुरा बताएका हुन ।
उनले अहिलेको दुई तिहाई सरकार हत्या हिंसा जस्ता जंघन्य अपराधिक कृयाकलापमा रहेकालाई कानुनको दायरामा नल्याएर जग हसाउने कार्य गरिरहेको आरोप लगाए ।
सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाच्ने प्रबृत्तीमा अहिलेको सरकार रहेको आरोप लगाए ।
यो सरकार आईसकेपछि बलात्कारका घटना बढ्नुका साथै , निर्मला हत्या काण्डका दोषिलाई समेत संरक्षण गरेको ,सुदुरपश्चिम बिश्वबिद्यालय लगायत शिक्षण संस्थामा हस्तक्षेप गर्न खोजिरहेको बताए ।
संसदमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेसको उपस्थिति नभएको एक अर्को प्रश्नमा पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले दुई तिहाईकै सरकारमा रहेकाहरुले प्रतिपक्षको भुमिका खेलिरहेको भन्दै यो सरकारको आयु धेरै नरहेको बताए ।