चैत १८ काठमाडौं । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि नेकपाका सांसदहरुले एक दिनको तलब दिने निर्णय गरेको छ । नेकपाको संसदीय दलको बैठकले नेकपाका सबै सांसदहरुको एक एक दिनको तलब प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटमा उल्लेख छ ।
प्रधानमन्त्रीको ट्वीटमा भनिएको छ ‘बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।’
सो घटनामा ३ दर्जन भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भईसकेको छ भने धेरै मानिसहरु हराएको आशंका गरिएको छ । अहिलेसम्म ४ सय भन्दा बढी मानिसहरु अस्पतालमा उपचारको क्रममा छन् ।