कैलाली १८ चैत्र/ विनाशकारी हावाहुरीमा परि घाइते भएकाहरूको उपचारका क्रममा रगत अभाव नहोस् भन्ने उद्देश्यले धनगढीमा रक्तदान मार्फत रगत सङ्कलन गरिएको छ । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ३५ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी घाइते भएका छन् ।
रोटरी क्लब अफ धनगढीको संयोजनमा बिहान ११ बजे देखि धनगढी स्थित पार्कचोकमा सञ्चालित रक्तदान कार्यक्रममा अहिलेसम्म ३० जना भन्दा बढिले रक्तदान गरेका छन् ।
सङ्कलन भएको रगत रेडक्रसले बारा र पर्साको विभिन्न अस्पतालमा पठाउने तयारी भएको जिल्ला रेडक्रस सोसाइटी कैलालीले जनाएको छ ।