तेज बोहरा
कैलाली १७ चैत्र । कैलालीको माहोन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टा गाउँमा फर्निचर उद्योग सञ्चालन गर्नको लागी उद्योग दर्ता गर्न गएका व्यवसायीको कागजात नेकपावाट निर्वाचित वडा अध्यक्षले कार्यालयमै च्यातेका छन् ।
उद्योग दर्ता गर्नको लागी कागजात तयार गरी वडा कार्यालय पुगेका घोडाघोडी नगरपालिका १० पहलमानपुरका स्थानिय जनक जोशीका कागजपत्र वडा अध्यक्ष टिकाराम भण्डारीले च्यातेका हुन ।
गत बिहीबार वडा नम्बर ६ को सोल्टा गाउँमा उद्योग सञ्चालन गर्ने पाउने भनी वडा सचिवले दिएको अनुमतिपत्र वडा अध्यक्षले दादागिरी शैलीमा च्यातेको जोशीले बताए ।
वडा अध्यक्ष भण्डारीले उद्योग आफ्ना नातेदार वा गाउँलेको नाममा दर्ता गराए मात्रै वडामा उद्योग सञ्चालनको लागी अनुमति दिने दबाव दिएको जोशीको गुनासो छ । वडा सचिवले सञ्चालन गर्न पाउने भनि लेखेको अनुमतिपत्र आफ्नो मान्छेको नाममा दर्ता नगराएको कारण वडा अध्यक्षले कार्यालयमै च्यातेको जोशीले आरोप लगाए ।
वडा अध्यक्ष भण्डारीले आफ्नो मान्छेको नाममा उद्योग दर्ता गराउन लगातार दाबाव दिएको र आफुले आफ्नै नाममा दर्ता गराउन चाहेपछि कागजपत्र च्यातेको जोशीको भनाई छ ।
वडा अध्यक्ष भण्डारीले भिडीयो रेर्कडमा कागजपत्र च्यात्दै भनेका छन् –“वडा कार्यालयमा म भन्दा ठुलो केही छैन, मैजे चाहे त्यही हुन्छ, कसले आएर के गर्न सक्छ, जानुस तपाई जे सक्नु हुन्छ तेही गर्नुस् ।”
वडा अध्यक्ष भण्डारीको यो धम्कीपुर्ण भाषाशैली र कार्यालय समयमै गरेको यस्तो हर्कत निन्दनिय छ । यदि सेवाग्राहीको कागजपत्र नमिलेको भएपनि स–सम्मान फिर्ता गरेको भएपनि वडा अध्यक्ष चिप्लिने थिएनन् ।
उद्योग दर्ता गर्न गएका जोशीले आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा वडा अध्यक्ष विरुद्ध उजुरी दिएका छन् । वडा अध्यक्ष भण्डारीलाई समातेर आवश्यक कानुनि कारबाही अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपि आभुषण तिम्सेनाले जानकारी दिए ।