धनगढी १६ चैत
नेपाली काँग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कैलालीको पूर्ण बैठक शनिबार भएको छ ।
टे«ड युनियन कैलाली जिल्ला अध्यक्ष ज्ञानेन्द्रबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले टे«ड युनियनको जिल्ला परिषदमा जेठ अन्तिममा गर्ने, नामावली सहितको सदस्यता शुल्क जेठ १० गतेभित्र जिल्ला समितिमा पठाउने र असार–मसान्तभित्र स्थानीय तहमा ट्रेड युनियन गठन गर्ने निर्णय गरेको सचिव सुरतबहादुर स्वाँरले जानकारी दिए । नेपाल ट्रेड युनियन कैलालीमा आबद्ध १७ बाट समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
टे«ड युनियन काँग्रेसद्वारा संचालित अनौपचारिक वाल मजदुर शिक्षा स्कुलका संयोजकमा निवार्तमान अध्यक्ष रामबहादुर देउवालाई बैठकबाट सर्बसम्मत रुपमा चयन गरिएको छ ।
यस्तै, बैठकमा नवनिर्वाचित स्थानिय कर्मचारी युनियनका अध्यक्ष मेमवर सिंह र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई स्वागत तथा बधाई कार्यक्रम पनि गरेको छ ।