धनगढी ५ चैत
बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिताको उपाधि नेपालगञ्ज ११ ले जितेको छ ।
मसुरीयामा भएको फाइनल खेलमा मालीका चौलागाइ एण्ड उत्कृष्ट गु्रप साहारा पहलमानपुरलाइ पेनाल्टि सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै नेपालगञ्ज ११ ले उपाधि जितेको हो । निर्धारीत समयको खेल गोल रहित बराबरीमा सकिएपछी भएको पेनाल्टि सुट आउटमा नेपालगञ्ज ११ ले उपाधि जितेको हो । नेपालगञ्ज ११ का गोल रक्षक राजेश थारु खेलको म्यान अप द म्याच भए ।
प्रतियोगिताको उपाधि जित्दै नेपालगञ्ज ११ ले नगद रु. ३ लाख प्राप्त गरेको छ, भने उपबिजेता साहारा पहलमानपुरले नगद रु. १ लाख ५० हजारमा चित्त बुझाएको छ । गत फागुन २५ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा साहारा पहलमानपुरका चेतन कठायत सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन । उनले नगद रु. ३० हजार प्राप्त गरेका छन । प्रतियोगितामा नेपालगञ्ज ११ का राजेश थारु उत्कृट गोल रक्षक, नेपालगञ्ज ११ कै बिनोद केशि उत्कृष्ट फरवार्ड, साहारा पहलमानपुरका बिशाल लामा उत्कृट मिडफिल्डर र साहारा पहलमानपुरकै प्रदिप बम उत्कृट रक्षक घोेषित भएका छन । उनिहरुले नगद रु. १०÷१० हजार प्राप्त गरेका छन ।
यसैबिच आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तेश्रो संस्करणमा पुरस्कार राषि बढाउने घोषणा गरेको छ । समापन समारोहमा बोल्दै क्लबका अध्यक्ष दिनेश कलेलले तेश्रो संस्करणमा बिजेताले नगद रु. ५ लाख र उप बिजेताले नगद रु. २ लाख ५० हजार पुरस्कार पाउने घोषणा गर्नुभयो ।