तेज बोहरा/ कैलाली ५ चैत्र/ बझाङको सदरमुकाम चैनपुर स्थित जिल्ला समन्वय समिती कार्यालय नजिकैको गल्ली आगलागी हुदा तरुण युवाहरुको प्रयासले आगो नियन्त्रणमा आएको छ ।
तरुण दलका बझाङ जिल्ला अध्यक्ष बिष्णु एडी नगर सभापति अनिल बिष्ट, भिमसेन सुनार, राजिव भण्डारी लगाएतका युवाहरुले घट्ना स्थलमा तत्काल गई पसलमा लागेको आगो नियन्त्रणमा लीन सफल भएको अध्यक्ष एडी जानकारी दिए ।
आगलागी भएको आधा घण्टापछि मात्रै प्रहरी घटना स्थल आईपुगेको र त्यती बेला सम्म आगो नियन्त्रण आईसकेको उनले बताए ।
आजँ दिउँसो करिब चार बजेको समय चैनपुर बजारको भोटे गल्लीमा रहेको एउटा पसलमा आगलागी हुदाँ पसलमा रहेको टिभी, कार्पेट, लगाएतका सामान झण्डै ८० देखी ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
युवाहरुले आगो नियन्त्रणमा नलिएको भए संगै जोडीएर रहेका पसलहरुमा समेत आगो सर्न सक्ने सम्भावना भएकोले ठुलो क्षती हुनबाट जोगीएको स्थानियको भनाई छ । नगरपालिको दमलक भने अझै घट्ना स्थल पुगेको छैन् ।