तेज बोहरा/ कैलाली २४ फागुन/ सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल थापालाई बझाङबाट शुक्रबार दिउँसो नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अपहरण गरेको थियो ।
बझाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित मल्ल तत्कालिन माओवादी बाट उम्मेद्धार थिईन् । प्रत्यक्ष तर्फ प्रदेश सासंदमा निर्वाचित मल्लले दुई ठुला कम्युनिष्ट पार्टीको चुनावी एकताले निर्वाचित हुने अवसर पाएकी हुन ।
मल्लका बुबा र आफ्नै भाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रदेश र जिल्ला कमिटी नेता हुन । स्थानियका धन बहादुर बोहराका अनुसार बुवा धना मल्ल र भाई भरत मल्ल विप्लप निकट नेकपाका सक्रिय नेताका रुपमा जिल्लामा परिचित छन् ।
उनले भने सासंद मल्ललाई चुनावको समयमा भोट समेत नदिएका थिएनन् । चुनावको समयमा बुङगल नगरपालीकाको एउटा जंगलमा बम बिष्पोट गरेको आरोपमा दुवैले प्रहरीले केही दिन थुनामा समेत राखेको बोहराको भनाई छ ।
सांसद थापालाई बागथला र देउराको बीचको कोइराला खोलाबाट डेढ घण्टा अगाडि अपहरण गरेको भएपनि अहिले प्रहरीको सम्र्पकमा आईसकेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि प्रविण धिताले जानकारी दिए ।
उने सोही क्षेत्रमा ठुलो संख्यामा प्रहरी पठाइएको बताए । एद्यपि मल्लको फोन सम्पर्क भने अझै हुन सकेको छनै ।
सासंद मल्लको माईति घर अपहरण परेकै स्थान केदारस्यु गाउँपालिकाको साबिक बाझ गाबिसमा पर्छ भने घर दुर्गाथली गाउँपालिमा पर्छ ।