ललित सिहं, बझाङ १८ फागुन/ बझाङ जिल्लामा भईरहेका कानुन बिपरित कार्य तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बझाङले बिद्यार्थी संग प्रहरी कार्यक्रम सुरु गरेकोे छ ।
समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत एक दिने कार्यक्रम हिजो जाल्पा माध्यामिक बिद्यालयका कक्षा ९ र १० मा अध्यनरत छात्रा छात्र संग बिद्यार्थी संग प्रहरी कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायक उपरिक्षक प्रबिण धितालको अध्यक्षतामा भएको कार्यक्रममा करिब ४० जना को सहभगिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले बिद्यार्थि तथा शिक्षकहरूसंग प्रहरी साझेदारी कार्यक्रम गरेको हो ।
बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमा नै भ्रमण गराई प्रहरीले १ दिनभर गर्ने बिभिन्न किसिमका क्रियाकलाप तथा मुद्दा उजुरी दर्ता सुनुवाई रिपोर्टिङ र सञ्चार आदानप्रदान तथा पक्राउमा विषयमा जानकारी गराइएको थियो ।
कुन कुन बिषयमा के कति फोन नम्बरमा उजुरी गर्ने र कार्बाही कसरी हुन्छ भन्ने कुरा बिदार्थिहरुलाई राम्रो सँग बुझ्न सक्ने गरी अवलोकन गराईएको थियो ।
कार्यक्रममा बिद्यार्थि तथा शिक्षकलाई आमन्त्रण गरी हप्ताको एक दिन प्रहरीको कार्य संञ्चालनको बारेमा जानकारी प्रदान गर्नुका साथै प्रहरीले अबस्था अनुसार कसरी कार्य संञ्चालन गर्छ भन्ने बिषमा समेत जानकारी दिएको थियो ।
प्रहरी नायक उपरिक्षक धितालले बिध्यार्थी लाई कसैको लहलहैमा लागेर आफ्नो भविष्यसंग खेलवाड नर्गन आग्रह गरे ।
उनले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा गलत कुराको भ्रम फैलाउने कुरा लेख्ने पोष्ट गर्ने जस्ता क्रियाकलाप बढीरहेको बेला बिद्यार्थी लाई नगर्न सन्देश दिए ।
बिगतका दिनमा अपराधीक क्रियाकलापका कारण जिल्लामा कानुनको अनुभुती नपाउने बझाङ्गि जनताहरू अहिले प्रहरी नायव उपरीक्षक धिताल बझाङ आए संगै अपराधीक गतिविधि कम भएका छन् ।
जिल्लामा अराजक तरिकाले खेलिरहेका जुवाडे हरूलाई आएको हप्ता दिन भित्रै ठुलो संख्यामा खेलिरहेका जुवा खेलाडी लाई पक्राउ गरि कारबाही गरेको तथ्याङक छ ।
सदरमुकाम चैनपुर र जिल्ला भरि अवैध कारोवार ,अबैध बालुवा खानि,काठतस्करी ,कालोबजारी गर्ने गिरोहलाई नियन्त्रण मा लिई अहिले जिल्ला बासिले प्रहरी प्रशासनको अनुभुती गर्न पाएको स्थानीय बासिको भनाई रहेको छ ।
डिएसपी प्रबिण धिताललाई शान्ति सुरक्षाको बारेमा नेपालमा मात्र नभई बिदेश सम्मको हरेक सुरक्षाको बारेमा अनुभव बटुलेका छन् ।