तेज बोहरा/ कैलाली, १४ फागुन/ भारत र पाकिस्तानको सिमा क्षेत्रमा द्वन्द्व चलिरहदा भारतीय सीमा सङ्ग जोडिएका नेपालका कैलाली, कन्चपुर र बर्दिया जिल्लाका सुरक्षा अधिकारीहरु सङ्ग भारतीय सुरक्षा अधिकारीको मंगलबार आकस्मिक बैठक बसेको छ ।
बैठक भारतको उत्तर प्रदेशमा पर्ने खिरी जिल्लाको पलिया लखिमपुरमा बसेको र भारतिय सुरक्षा अधिकारीले बोलाईएको थियो ।
सोही बैठकमा नेपालको तर्फबाट कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपी, नेपाल प्रहरीका एसपी कंचनपुरबाट प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीका डिएसपीको सहभागी रहेको थियो ।
त्यस्तै भारतको तर्फबाट खिरी जिल्लाका डिएम, भारतीय सुरक्षा अधिकारीका एसएसपी, एसपी, दुधुवा राष्ट्रिय निकुञ्जका प्रमुख र भारतीय लोकसभा सामान्य निर्वाचन २०१९ का कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
भारतमा आउदै गरेको लोकसभाको निर्वाचनको समयमा अनैतिक क्रियाकलाप, शान्ती सुरक्षा कायम गर्ने, चोरीपैठारी, लागुऔषध ओसारपसार कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा बैठकमा छलफल भएको नेपालको तर्फबाट सहभागी भएका जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सिनाले जानकारी दिए ।
उनले भारत र पाकिस्तानबिच भईरहेको द्वन्द्व र विवाद अन्र्तराष्ट्रिय बिषय भएकोले कुनै छलफल नभएको बताए ।
लखीमपुरमा सम्पन्न भएको बैठ्कमा भारतिय सञ्चार माध्यमलाई समेत प्रवेश नदिएको भन्दै भारतिय सञ्चार माध्यम आर्यावर्त टाईम्स लगाएतका सञ्चार माध्यमले असन्तुष्टी जनाएका छन् ।
भारतको पाकिस्तान संग विवाद चलीरहदा भारतिय सुरक्षा अधिकारीले आकस्मिक बैठ्क बोलाउनु सुरक्षा अधिकारी माथि प्रश्न खडा भएको छ ।
भारतमा हुनलागेको लोक सभाको निर्वाचन २०१९ भने कहिले हुने भनेर समय नतोकीएको भारतिय सुरक्षा अधिकारीले जनाएका छन् ।