तेज बोहरा/ कैलाली, ११ फागुन/ सुदूरपश्चिम प्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा बझाङको बित्थडचिर गाउँपालिकालाई खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता मिलेको छ ।
धनगढी रंगशालामा संचालन भईरहेको आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगिताअन्र्तगत फुल कन्ट्याक्ट् करातेको छनौट् शुक्रबार सम्पन्न भएको छ ।
खेलमा दश स्वर्ण पदकमा बझाङले ७, कैलाली २ र दार्चुलाले १ पदक हात पारेका छन् । बझाङका स्वर्ण पदक विजेता सात मध्ये चार जना बित्थडचिर गाउँपालिकाबाट सहभागी रहेको गाउँपालिका प्रवक्ता हर्क धामीले जानकारी दिए ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने राष्ट्रिय नाराका साथ स्थानियतहमा क्षेत्रको विकासको लागी गाउँपालीकाले खेलकुदमा लगानी गरेको प्रवक्ता धामीको भनाई रहेको छ ।
बित्थडचिर खेलकुद विकास समितिले गाउँपालीकामा तिन सय भन्दा बढी खेलाडीलाई ६ महिना तालिम दिएको र जसमध्ये उत्कृष्ट ५ जना खेलाडी प्रदेश स्तरीय खेलका लागी छनौट् भएका खेलकुद प्रशिक्षक योगेन्द्र बोहराले बताए ।
बित्थडचिर खेलकुद विकास समितिबाट सहभागी मध्ये तिन जना खेलाडीले स्र्वण पदक जितेर राष्ट्रिय खेलका लागी छनौटमा परेका प्रशिक्षक बोहराले जानकारी दिए ।
प्ुारुष तौल समुह अन्र्तगत ४५ केजिमा बझाङका चन्द्र अधिकारी, ५९ केजिमा बझाङकै प्रकाश सिहं, ५५ केजिमा सुनिल कुवँर बझाङ, ६० केजिमा दार्चुलाका रुपक सिहँ धामि, ६५ केजिमा ईश्वर सुबेदी कैलाली र खुल्लातर्फ कैलालीका दिपेन्द्र बटाला राष्ट्रिय खेलका लागी छनौट भएका छन् ।
त्यस्तै महिला तौल समुहमा ४५ केजिमा गिता अधिकारी बझाङ, ५० केजिमा अनु बिष्ट बझाङ , ५५ केजिमा गरीमा बोहरा बझाङ र खुल्ला तर्फ बझाङकै मनिशा भाट राष्ट्रिय खेलका लागी छनौट भएका हुन ।
कैलाली, कञ्चनपुर, दार्चुला र बझाङबाट महिला पुरुष गरी ४० जना खेलाडीहरुको सहभागीता रहेको थियो ।