कैलाली, ९ फागुन/ स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा साथ बझाङको बित्थचिरमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्डको हुने भएको छ ।
बित्थडचिर खेलकुद विकास समितिको आयोजनामा हुने खेल फागुन ११ गते सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । खेल फागुन १६ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
रनिङ सिल्डमा भलिवल, कबडीकबडी, दौड लगाएत एथ्लेटिक्स अन्तर्गतका सम्पुर्ण खेलहरुमा महिला र पुरुष दुवै समुहमा खेलाईने खेलकुद विकास समितीका सचिव गोविन्द ढाँटले जानकारी दिए ।
रनिङ सिल्डमा गाउँपालिका भरका माध्यामिक विद्यालयका झण्डै दुई सय भन्दा बिद्यार्थिहरुको सहभागीता हुने खेलकुद बिकास समिति संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष प्रशाद बहादुर बिस्ट बताए ।
विद्यार्थिहरुको पढाई संगसंगै खेलक्षेत्रको विकासको लागी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्डको आयोजना गरीएको उनको भनाई छ ।
विजेता खेलाडी र टिमले ट्रफि, प्रमाणपत्र र सिल्ड प्राप्त गर्ने छन् भने खेल सुनकुडा क्याम्पसको खेलमैदानमा चल्ने छ ।