धनगढी १० असोज / प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीबासीले धनगढीमा आम हड्तालको घोषणा गरिएको छ ।
नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठन भएको प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विषेश समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।
संसदीय समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न प्रतिवेदन प्रदेश सभामा पेश गरेको थियो ।
धनगढीमा रहेका संरचनमा करोडौ लगानी गरेपछि राजधानी सार्ने गलत निर्णय भईरहेको भन्दै धनगढीमा आम हड्तालको घोषणा गरिएको हो । धनगढीवासीहरुले बुधबार पेस विज्ञप्ती निकाल्दै आम हड्तालको घोषणा गरिएको हो ।
बुधबार मात्रै प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालय बाहिर सर्वसाधरणले प्रदर्शन गरेका थिए । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने जनाउँदै प्रदर्शन गरेपछि धनगढीको अवस्था तनावग्रस्त भएको छ ।
प्रदेश सातको नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको भन्दै त्यस प्रदेशका अधिकांश जिल्लाबाट असन्तुष्टिको स्वर चुलिएको छ । धनगढीका मेयर नृपबहादुर वड पनि सडकमा ओर्लेका छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।