तेज बोहरा/ कैलाली ९, असोज/ नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसनको आयोजनामा १२ औं विश्व रेविज सप्ताहमा कैलाली लगाएत सुदुर पश्चिम प्रदेशका विभिन्न स्थानिय तहमा घर पालुवा कुकुर लाई निशुल्क खोप सञ्चालन हुने भएको छ
रेविज बारे जनचेतना फैलाऔंं, अमुल्य जिवन बचाऔं, भन्ने मुल नारा सहित मनाईने १२ औं विश्व रेविज सप्ताह घरपालुवा कुकुरहरुलाई धनगढी उप महानगरपालिका लगाएत सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानिय तह हरुमा नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसले आयोेजना गरि असोज १० र ११ गते रेविज सप्ताहा मनाउने नेभ्ला प्रदेश कमिटी अध्यक्ष धन बहादुर चौधरीले जानकारी दिए । उनले नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसनले बिगत देखीनै पशुपालन क्षेत्रमा योगदान दिदै आएको र पशु प्रविधिकहरुको हक हितमा लड्दै आएको बताए ।
साता व्यापी रुपमा प्राण घातक रेविज रोगका वारेमा प्रचार प्रसार गर्नुका साथै बुधबार र बिहीवार दुई दिन निशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको नेभ्ला कैलाली जिल्ला अध्यक्ष दिपक चौधरीले जनाए । कुकुर लाई लगाईने निशुल्क खोप रेबिज खोप धनगढी उप महानगरपालिकामा मात्रै झण्डै ५०० भन्दा बढी कुकुर लाई लगाईने लक्ष्य रहेको उनले जानकारी दिए ।
प्रचार–प्रसार लगाएतका अन्य कार्यक्रहरु साता बाटनै गरीएको उक्त कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसनले सञ्चालन गर्ने नेभ्ला कैलाली सचिब बिमल जोगीले बताए ।