धनगढी,२३ भदौ ।
७ नम्बर प्रदेशको सम्ंबृद्धिका लागि सहकारीको भूमिका महत्वपुर्ण रहेको भूमि ब्यबस्था कृर्षि तथा सहकारी मन्त्री बिनिता चौधरीले बताएकी छिन् ।
शनिवार कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १४ पूmलवारीमा रहेको कल्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभामा उनले सो कुरा बताएकी हुन् ।
कर्यक्रममा वोल्दै मन्त्री चौधरीले ७ नम्बर प्रदेशमा थुर्पै सहकारी संस्था स्थापना भएका छन्,सवै सहकारीले गाँउ समाजमा गरीने हरेका आर्थिक,सामाजिक र कृर्षि क्षेत्रमा सही ढंगले काम गरे ७ नम्बर प्रदेशमा चाँडै आर्थिक संम्बृद्धि हुने बताएकी छिन् ।
मन्त्री चौधरीले भनिन्– अब सहकारीले मल, बिउँ आफै उत्पादन गरी सहकारीे उत्पादनमुखी हुनु पर्छ ,जसका कारण ७ नम्बर प्रदेशले आर्थिक संम्बृद्धि चाँडै गर्छ ।
सोही कार्यक्रममा वोल्दै मन्त्री चौधरीले ७ नम्बर प्रदेशमा सहकारीहरु धेरै खोलिएका भए पनि सहकारी संस्थाहरुको काम भने अस्तब्यस्त रहेकोले प्रदेश सरकारले सहकारीहरुको कसरी ब्यबस्थापन गर्ने भन्ने योजना बनाई रहेको बताएकी छिन् । प्रदेशको सहकारी ऐन निर्माणका क्रममा रहेकोले ऐन बनेपछि सबै सहकारीहरुको ब्यबस्थापन गरीने उनको भनाई छ ।
पछिललो समयमा प्रदेशमा झोले सहकारीहरुको बिगबिगी बढेको छ, यस्ता सहकारीहरुले काम नगर्ने र कागज मिलाएर योजना मात्रबनाई रकम मात्र कुम्ल्याउने भएकोले अब कडाई गरीने समेत मन्त्रीको भनाई छ ।