धनगढी,२३ भदौ ।
कल्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका विच कैलालीको धनगढी उपमहानगरपलिका –१८ ई गाँउमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष रामचन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी भूमी ब्यबस्था कृर्षि तथा सहकारी मन्त्री बिनिता चौधरी र बिशिष्ट अतिथिमा ७ नम्बर प्रदेश सभा सदश्य नेपालु चौधरी र नेम्स्कुनका केन्द्रिय सदश्य माधव जोशी रहेका थिए ।
सहकारीका ब्यबस्थापक रुद्र खनालले आर्थिक वर्ष २०७४÷०७५को ३ करोड ७ लाख ७५ हजार,६ सय ११ रुपियाँ बराबरको अय–ब्याय प्रस्तुत गरेको कार्यक्रममा सहकारीका अध्यक्ष रामचन्द्र चौधरीले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
कोषाध्यक्ष प्रदेशी चौधरीले स्वागत मन्तब्य ब्याक्त गरेको कार्यक्रमको संचालन सचिव जगदिश चौधरीले गरेका थिए ।
सो साधारण सभाले बिभिन्न ब्याक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्तामा लक्ष्मण चौधरी,रेखा चौधरी, सरु चौधरी,रामवहादुर बि.क,कृष्ण साही,रामबहादुर सि.के, सुर्यवहादुर वि.क रहेका छन् ।
यसैगरी असल ऋणीमा अनिल चौधरी,कृष्ण घर्तीमगर,शंकर प्रसाद चौधरी,बिष्णु जोशी,पद्मामाँया थापा रहेका छन् । यस्तै वाल बचत कर्तालाई पनि सहकारीले सम्मान गरेको छ । सम्मानित हुनेमा रेणुका चौधरी,अंकित चौधरी,शशी चौधरी,समीर चौधरी,सलिना चौधरी र सबिता चौधरी रहेका छन् ।
सहकारीले तीन जना पत्रकारहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुने पत्रकारहरुमा पूmलवारी खबर साप्ताहिकका प्रकाशक÷संम्पादक कृत बहादुर विष्ट,कैलारी अनलाइनका सम्पादक राम दहित र पाहुरा दैनिकका संम्वाददाता नरेन्द्र चौधरी रहेका छन् ।
कार्यक्रममा बिशिष्ट अतिथीद्धय नेपालु चौधरी र माधव जोशी शुभकामना मन्तब्य राख्दै सहकारीको बिकासमा जोड दिएका थिए । यस्तै धनगढी उपमहानगरपलिकाका वडा नम्बर १४वडा अध्यक्ष रामबजारी थारु,१८ का वडा अध्यक्ष मुरारी अधिकारी,१९का वडा अध्यक्ष तिलु चौधरी र कुटोकोदालो आधुनिक कृर्षि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद शर्मा लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए ।