सुदुरपश्चिम ग्रुप दक्षिण कोरियाद्वारा आर्थिक सहयोग, शहिद गौतम र चौधरीलाई नगद

पाण्डव पुजारा धनगढी २२ साउन सुदुरपश्चिम गु्रप दक्षिण कोरियाले शहिद गोबिन्द गौतम र स्वर्गीय छविलाल चौधरीको परिवारलाई भेटेर आईतबार सहयोग गरेको छ । सुदुरपश्चिम ग्रुप दक्षिण कोरियाले दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि मृत्यु भएका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ एच गाँउ स्वर्गिय छविलाल चौधरीका परिवारलाई एक कार्यक्रमका बिच नगरप्रमुख नृप वड मार्फत रु ४० हजार सहयोग गरेको हो । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले मृतक छबिलालका परिवारलाईे सक्दो सहयोग गर्ने बताएका छन् । त्यस्तै कन्चनपुरको पुर्नवास नगरपालिका स्थित आनन्दबजारमा सिमाविवादका कारण गोलीलागी शहिद भएका गोबिन्द गौतमका परिवारलाई सुदुरपश्चिम ग्रुप दक्षिण कोरियाले पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापा मार्फत नगद रु ३१ हजार हस्तान्तरण गरेका छन् । पुर्नवास नगरपालिकाका मेयर जिवनराज थापाले पनि नगरपालिकाको पहिलो बैठकले शहिद गोविन्द गौतमकोपरिवारलाई सहयोग गर्ने भनेर पनि निर्णय गरिसकेको बताएका छन् । सुदुरपश्चिम ग्रुप दक्षिण कोरियाका संयोजक केशव बमले सुदुरपश्चिम ग्रुप दक्षिण कोरियाले सुदुरपश्चिममा रहेको गरिब, दुखि असाहायहरुलाई सहयोग गर्दै आएको बताए ।