धनगढी, ४ साउन
धनगढी उप–महानगरपालीकाले आफ्ना सबै वडामा शुक्रबार देखी गरिव घर परिचयपत्र वितरण गरिरहेको छ ।
धनगढीमा आज साउन ४ गतेबाट परिचय पत्र वितरण सुरु गर्न थालिएको हो । पहिलो चरणमा वडा नं १ बाटबितरण सुरु गरिदैछ । त्यसपछि १९ वटै वडामा वितरण सुरु गरिने छ । बिहीबार गरिव घर परिचयपत्र कसरी बितरण गर्ने, बितरणको क्रममाआईपर्ने समस्या कसरी समाधानगर्ने भन्ने बिषयमा वडा सचिव र वितरणमा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण समेत गरिएको धनगढी उप–महानगरपालीकाकाप्रमुख नृपबहादुर वडले बताए । कर्मचारीहरुलाई निर्देशिका अनुसार नै परिचयपत्र वितरण गर्न सिकाईएको नगर प्रमुख वडले बताए ।
धनगढीमा ५ हजार ८ सय ८५ जनालाई गरिव परिचय पत्र वितरण गरिने धनगढी उप–महानगरपालीकाका प्रशासकिय अधिकृत सुरेन्द्र सिंह कार्कीले बताए । उनले भने, अति गरिवले रातो, मध्यम गरिवले पहेलो र सामान्य गरिवले निलो परिचय पत्र पाउने भएका छन् ।
देशभरीमा ८ वटा जिल्लामा नमुनाका रुपमा गरिव घर परिचय पत्र बितरण हुदैछ । सरकारले २०७९ सालमा गरिवहरुको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो ।