डोटीको विपिनगरमा प्रहरी नै काठ तस्करीमा संग्लन हुन थालेको आरोपछि प्रहरी निरिक्षकलाई प्रदेश प्रहरीले कारवाहीका लागि तानेको छ । ईलाका प्रहरी कार्यालय विपीनगरका प्रमुख प्रहरी निरिक्षक नृपवहादुर वोहोरालाई प्रदेश प्रहरी कार्यालयले विभागीय कारवाहीका लागि आज तानेको हो । उहाँको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी निरिक्षक धुर्ववहादुर विष्टलाई ईलाका विपीनगरको जिम्मा दिईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लाल वहादुर धामीले बताए । जिल्ला प्रहरी कार्यालयले पनि काठ तस्करीमा संग्लन भएको आरोप खेपिरहेका प्रहरी निरिक्षक बोहोरालाई स्पष्टीकरण सोधिसकेको उनले बताए ।
यस्तै काठ तस्करीमा संग्लन भएको कुनै प्रमाण भेटिए जिल्ला वन कार्यालयले पनि प्रहरी निरिक्षक बोहोरा विरुद्ध मुद्धा चलाउने जनाएको छ । कैलालीको चुरे गाँउपालिका वडा नम्बर २ बाट हरियो सिसमको काठ तस्करी गरेर विपिनगर पु¥याउने अवस्थामा स्थानीयले प्रहरी निरिक्षक बोहोरालाई काठ सहित समातेका थिए । शान्ति सुरक्षा कायम गर्दै गैरकानुनी काम रोक्नुको सट्टा प्रहरी नै संरक्षण दिदै आफै तस्करीमा सक्रिय भएको भन्दै स्थानीयले विरोध गरेका थिए । स्थानीयले काठ तस्करी गरिरहेकै अवस्थामा बोहरालाई भेटाए पनि बोहरा पनि आफुलाई झुटा आरोप लगाएको बताउदै आएका छन् ।