धनगढी
कैलालीको गौरीगंगा नगरपालिका ७ मनकापुरमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ
स्थानिय मानबहादुर समैमगर चक्कु प्रहारबाट गम्भीर घाईते भएका हुन् । बुधवार साझ ५ः३० बजे सोही ठाउँ बस्ने नर बहादुर वि.क र उनका छोरा रमेश वि.कले मगरलाई छातिमा चक्कु प्रहार गरेको स्थानिय बताएका छन् । मसुरीयामा उपचार सम्भव नभए पछि उनलाई सेती अञ्चल अस्पताल धनगढी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिनोद घिमिरेले जानकारी दिए ।
चक्कु प्रहार गर्ने वि.क का बाबु छोरालाई पक्राउ गरी आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कायालय मसुरीयाले जनाएको छ । साउने सक्रान्ती मनाउने क्रममा भएको विवादका कारणे उनिहरुले चक्कु प्रहार गरेको स्थानिय बासीन्दाले बताएका छन् ।