बझाङ, साउन २ । जंगलमा पाइने च्याउ खाँदा एकै परिवारका तीन दाजुभाई सहित चार जना बिरामी भएका छन् । जिल्लाको तल्कोट गाउँपालिका–१ सुनिकोट घर भएका एकै परिवारका तीन दाजुभाई १४ वर्षीय सुरेश धामी, १२ वर्षीय राजेश धामी र १० वर्षीय सन्दी धामी बिरामी भएका हुन् ।
मंगलबार बेलुका च्याउ खाएपछि बेहोस भएका तीन दाजुभाईलाई राति नै उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । अरुको अवस्था सामान्य भए पनि सरोज धामी भने अझै अचेत छन् । अरु बोल्न नसक्ने भए पनि बेहोस अवस्थामा भने छैनन् । सबैको उपचार भइरहेको जनाइएको छ ।