कैलाली – कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की बजारमा रहेको मेघाश्री उद्योग परिसरमा शंकास्पद बस्तु फेला परेको छ ।
उद्योग परिषरभित्र बुधबार बिहान दुईवटाा प्रेसर कुकर बम जस्तै शंकास्पद बस्तु फेला परेको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरले जानकारी दिए ।
‘दुईवटा प्रेशर कुकरमा तार बेरेर राखिएको छ, बम हुन सक्ने भएकोले डिस्पोजका लागि सेनाको टोलीलाई खबर गरेका छौँ, सेना आईरहेको छ’ एसपी घिमिरेले भने ।
रातभरि पानी परिरहेको अवस्थामा कति बेला उक्त संकास्पद बस्तु कसले राख्यो भन्ने केही नखुलेको उनले बताए । प्रहरीले अहिले बम फेला परेको स्थानलाई सुरक्षा दिइरहेको छ ।