धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको सुविधा सम्पन्न धनगढी स्किन केयर एण्ड एस्थेटिक सेन्टर प्रालिमा कपाल प्रत्यारोपणको क्रेज बढ्दै गएको छ।
विगत ३ वर्षदेखि सेवा दिइरहेको धनगढी स्किन केयरमा कपाल प्रत्यारोपण गर्न आउनेको संख्या बढ्दै गएको हो। यहाँ रहेका विशेषज्ञ चिकित्सकबाट कपाल प्रत्यारोपण गर्न आउनेहरूको संख्या बढिरहेको धनगढी स्किन केयर एण्ड एस्थेटिक सेन्टर प्रालिका अध्यक्ष जीवनबहादुर सिंहले बताए।
एस्थेटिक सेन्टरले काठमाडौं र दिल्लीको जस्तै सुविधा आफूहरूले धनगढीबाट दिइरहेको उनको दाबी छ। ‘सुदूरपश्चिममै पहिलोपटक नविनतम् प्रविधिसहित कपाल प्रत्यारोपणका साथै छाला, यौन तथा सौन्दर्य रोगको उपचार सेवा धनगढीबाटै दिइरहेका छौं,’ उनले भने, ‘ती सेवा लिनका लागि काठमाडौं, दिल्ली जानुपर्दैन। हामीले यहाँ व्यवस्थित तरिकाले काठमाडौं र दिल्लीको जस्तै सुविधा सेवा दिइरहेका छौँ। हाम्रो सेवाबाट सेवाग्राहीहरू पनि खुसी हुनुहुन्छ।’
अहिले विशेषज्ञकामा गएर प्रत्यारोपण गर्ने चलन बढ्दो छ। सुदूरपश्चिमका नागरिहरूको छाला, कपाल तथा यौन रोगसम्बन्धी समस्या भएका बिरामीहरू उपचारका लागि अन्यत्र जानु नपर्ने प्रालिका अध्यक्ष सिंहले बताए।
‘सुदूरपश्चिमबासीका लागि मात्र नभएर छिमेकी प्रदेशका नागरिकका लागि पनि शुलभ मूल्यमै सुविधा सम्पन्न सेवा दिरहेका छौं,’ उनले भने, ‘हाम्रो यहाँबाट अहिले तीन जना विशेषज्ञ डाक्टर सापहरूले सेवा दिइराख्नु भएको छ।’
वरिष्ठ छाला विशेषज्ञ, छाला लेजर र कपाल प्रत्यारोपण सर्जन एमबीबीएस, एमडी डा. विक्रान्त ढकाल, छाला विशेषज्ञ, एस्थेटिसियन एमबीबीएस, एमडी डा. प्रकाश आचार्य र कन्सल्टेन्ट छाला विशेषज्ञ तथा एस्थेटिशियन एमबीबीएस, एमडी डा. ज्योति शाहले सेवा दिइरहेका छन्। डा. ढकालले प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार तथा डा. आचार्यले प्रत्येक महिनाको चौथो शुक्रबार र शनिबार सेवा दिने गरेको उनले बताए।
उनका अनुसार कपाल प्रत्यारोपणप्रति आकर्षण बढ्दै गएको छ। कपाल झरेर वा विभिन्न कारणले तालुमा कपाल नभएका मानिस एस्थेटिक सेन्टर प्रालिमा कपाल प्रत्यारोपण गर्ने भन्दै आइपुग्छन्।