संगीत यात्रामा उदाउँदैः कलाकार दिनेश खड्का - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

संगीत यात्रामा उदाउँदैः कलाकार दिनेश खड्का

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१९
  • सुन्नुहोस् 
525   
संगीत यात्रामा उदाउँदैः कलाकार दिनेश खड्का

 धनगढी ।१३ वर्षको कलिलो उमेरदेखि कलाको क्षेत्रमा सक्रिय दिनेश खड्का अहिले उदयमान गायक तथा मोडलका रूपमा परिचित बन्दै गएका छन् । १८ वर्ष पुगेका खड्का बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–७,गोर्खाली गाउँ, गडरायका स्थायी बासिन्दा हुन् ।

 सुन्दर खप्तडछान्नामा २०६३ सालको भाद्र १२ गते प्रेम खड्का र कला देवी खड्काको कोखबाट जन्मिएका दिनेशले सानैदेखि कलालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाउँदै आएका छन् । उनका बाबुआमा हाल भारतको ब्याङ्गलोर शहरमा कार्यरत छन् । भने गायक तथा मोडल खड्का काठमाण्डौँमा बस्दै आएका छन् ।

२०७७ सालदेखि औपचारिक रूपमा सांगीतिक तथा मोडलिङ यात्रा सुरु गरेका खड्काले गायक भिम थापा नायकको सहकार्यमा ‘ए मेरी काली’, , ‘माया छ भरोसा छैन’, ‘बैश पलायाकी’, ‘क्या राम्रो मष्टा गाउँपालिका’ तथा ‘सम्झनाका खात’ जस्ता चर्चित गीतहरूमा लेखन, अभिनय तथा मोडलिङ गरिसकेका छन् ।

‘ए मेरी काली’, ‘भाइरल’, ‘माया छ भरोसा छैन’, ‘बैश पलायाकी’ जस्ता गीतहरूले उनलाई चर्चामा ल्याएको छ ।

दिनेशले गायक सुनिल नेपालीबाट पनि आवश्यक मार्गदर्शन र सहयोग प्राप्त गरेको बताउँछन् । त्यस्तै, गीत लेखनमा कृष्ण खड्काको प्रेरणा रहेको र डेउडा गायक नन्दकृष्ण जोशीबाट उनले सल्लाह पाईरहेका छन् ।

शैक्षिक यात्राको क्रममा उनी अहिले महेश्वरी माध्यमिक विद्यालयबाट आईएससी एजी अध्ययन गरिसकेका छन् भने पढाईलाई पनि निरन्तर दिने उनले बताए ।

शैक्षिक यात्राको क्रममा उनी अहिले महेश्वरी माध्यमिक विद्यालयबाट आईएससी एजी अध्ययन गरिसकेका छन् भने पढाईलाई पनि निरन्तर दिने उनले बताए ।

उनी भन्छन्, “म डेउडा र लोकदोहरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन चाहन्छु । स्थानीय भाषा र संस्कृतिको सम्मान गर्दै विश्वस्तरमा नेपाली गीत–संगीत फैलाउने मेरो लक्ष्य हो।”

यति कम उमेरमै कलामा देखाएको लगाव, प्रतिबद्धता र योगदानले दिनेश खड्कालाई आगामी दिनमा नेपाली सांगीतिक तथा मोडलिङ उद्योगको एक प्रतिभाशाली नामका रूपमा स्थापित गर्ने सम्भावना प्रबल देखिन्छ ।

नेतृत्व र सञ्चारकर्मीको पूर्ण साथः कलाकार दिनेशको प्रतिभामा विश्वास

त्यस्तै, नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ललित बहादुर सिंहले पनि कलाकार दिनेश खड्काको पहलप्रति गहिरो सम्मान प्रकट गरेका छन् । उनले भने, “आजको पुस्ताले सामाजिक सञ्जाल र आधुनिक जीवनशैलीमा रमाउन खोजिरहेका बेला दिनेशजस्ता युवा पुराना भेषभूषा, रीतिरिवाज, चालचलन र संस्कृतिको संरक्षण गर्न अग्रसर हुनु निकै नै प्रेरणादायक हो । उहाँको कलात्मक प्रयासले बझाङको मौलिकता फेरि उजागर हुने विश्वास मैले लिएको छु ।”

अध्यक्ष सिंहले थपे, “यदि यस्ता युवालाई समयमै प्रोत्साहन दिइएन भने हाम्रो मौलिकता पुस्तैपिच्छे हराउँदै जान सक्छ । दिनेशजस्तो कलाकार संस्कृतिको वाहक हुन् । यस्ता प्रतिभा नेपाली समाजका लागि अमूल्य सम्पत्ति हुन् । म व्यक्तिगत रूपमा र संस्थागत रूपमा पनि उनीप्रति सक्दो सहयोग गर्न तयार छु।”

खप्तडछान्ना गाउँपालिका–७ का वडाध्यक्ष रामानन्द जोशीले स्थानीय प्रतिभा दिनेश खड्कालाई ‘गाउँको गौरव’ भन्दै सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । वडाध्यक्ष जोशीका अनुसार, “यस्तो कलिलो उमेरमा गाउँको नाम राष्ट्रिय स्तरमा चिनाउने प्रयास गर्नु आफैँमा अनुकरणीय कुरा हो । दिनेशले कलाको माध्यमबाट गाउँको परिचय फैलाउने काम गरिरहेका छन् । उनीजस्तो प्रतिभाशाली युवालाई प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो।”

जोशीले थपे, “वडाका तर्फबाट आवश्यक सबै किसिमका सहयोगहरू, चाहे त्यो प्राविधिक होस् वा आर्थिक, दिन हामी तयार छौं । यो उमेरमै यति गहिरो सोच राख्ने दिनेश जस्ता युवाहरू हाम्रो भविष्यको मेरुदण्ड हुन्।”

“कलाकार खड्का सुदूरपश्चिमको संस्कृति बोकेर उदाउँदै गरेको नक्षत्र“ : नन्दकृष्ण जोशी

सुदूरपश्चिमका ख्यातिप्राप्त डेउडा गायक नन्दकृष्ण जोशीले उदयमान कलाकार दिनेश खड्कालाई सुदूरपश्चिमको सांस्कृतिक भविष्यका एक आशालाग्दा नक्षत्रको रूपमा वर्णन गरेका छन् ।

उनका अनुसार, “दिनेश खड्का जस्तो प्रतिभाशाली युवा कलाको माध्यमबाट हाम्रो मौलिक पहिचान, परम्परा र संस्कृतिको जगेर्ना गर्न लागिपरेका छन् । यस्तो प्रतिभा विरलै पाइन्छ, जो कलाको माध्यमबाट समाज, समुदाय र सिंगो प्रदेशको शिर उचो बनाउने सपना देख्छ । उनी साँच्चिकै सुदूरपश्चिमको माटोको गन्ध बोकेका कलाकार हुन् ।”

जोशीले थपे, “बझाङको दुर्गम तर अत्यन्तै सुन्दर भूगोलमा जन्मिएका दिनेशले कलाको उज्यालो बाटो समातेर आफू मात्र होइन, सिंगो गाउँ, सिंगो संस्कृति उजागर गर्न लागेका छन् । उनीमा जुन लगन, समर्पण र संकल्प देखिएको छ, त्यसले मलाई विस्वास दिलाएको छ—उनको यात्रा धेरै टाढा पुग्नेछ ।”

कलाकार दिनेश खड्काको सांगीतिक यात्रामा आफू हर कदममा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै जोशीले भने, “दिनेशका हरेक अप्ठ्यारामा म केवल एक सल्लाहकार होइन, एक अभिभावकका रूपमा साथमा हुनेछु । उनलाई अबको पुस्ताका सांस्कृतिक नेता बनाउन हामी सबैको दायित्व हो ।”

जोशीले पुर्खाको शब्द, भाव, र परम्परा कहिल्यै बिर्सन नहुने कुरामा जोड दिएका छन् । उनले भने, “आजका युवाले यदि पुर्खाको भाषा, संस्कृति, र परम्परालाई अँगाल्न सके, हामीले हाम्रो पहिचान जोगाउन सक्छौं । दिनेशजस्ता कलाकार यसै अभियानका अगुवा हुन् । यिनीहरूलाई प्रोत्साहन गर्नु भनेको हाम्रो संस्कृतिको मुटुलाई

जीवन्त राख्नु हो।”

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च