गोठमा आगलागी हुदा कैलालीमा एक जनाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

गोठमा आगलागी हुदा कैलालीमा एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१९
  • सुन्नुहोस् 
270   
 गोठमा आगलागी हुदा कैलालीमा एक जनाको मृत्यु

कैलाली । गोठमा आगलागी हुँदा जलेर एकजनाको कैलालीमा मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका- १० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको गोठमा आगलागी हुँदा उनका ७२ वर्षीय बुवा कुक्रु डगौरा थारुको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार बिहान २ बजेको समयमा चौधरीको २ तले २ कोठे काठले बनेको खरले छाएको कच्ची गोठको माथिल्लो तलामा अचानक आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च