कमल थापा सहित ७ जना रिहा, एक जना हिरासतमै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कमल थापा सहित ७ जना रिहा, एक जना हिरासतमै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१८
  • सुन्नुहोस् 
198   
कमल थापा सहित ७ जना रिहा, एक जना हिरासतमै

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा सहित ७ जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित ७ जना आइतबार साँझ रिहा भएका हुन्।

परिसरका प्रवक्ता अपीलराज बोहोराले एक जनाबाहेक अन्य सात जनालाई जमानीमा रिहा गरिएको बताए। राजीव झा भने हिरासतमै रहेको उनले बताए। उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ।

निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नक्साल क्षेत्रबाट प्रहरीले थापासहित शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिनालाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च