राजावादी लाई इँटको जवाफ पत्थरले दिनुपर्छ : प्रचण्ड - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

राजावादी लाई इँटको जवाफ पत्थरले दिनुपर्छ : प्रचण्ड

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१८
  • सुन्नुहोस् 
198   
राजावादी लाई इँटको जवाफ पत्थरले दिनुपर्छ :  प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई  इँटको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् । राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको उनले आरोप लगाएका छन् ।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको प्रचण्डले बताए।

उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

‘त्यसकारण, हामी जाइलाग्ने चाहीँ होइन । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन् । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । 

साथै, प्रचण्डले गणतन्त्र दिवसको दिन एमालेले गरेको प्रदर्शन लाजमर्दो भएको टिप्पणी गरे । उनले वर्तमान सरकारको कुनै हैसियत नै नभएको आरोप पनि लगाएका छन् ।

यो सरकारको त केही हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन, हैसियत पनि छैन । गफ हाँक्नेबोहक केही पनि छैन,’ उनले भने ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च