सुदूरपश्चिममा यातायात व्यवसायी आन्दोलित, आज लामोदुरीका सवारीसाधन नचल्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिममा यातायात व्यवसायी आन्दोलित, आज लामोदुरीका सवारीसाधन नचल्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१८
  • सुन्नुहोस् 
240   
सुदूरपश्चिममा यातायात व्यवसायी आन्दोलित, आज लामोदुरीका सवारीसाधन नचल्ने

 धनगढी। सुदूरपश्चिम प्रदेशमाका  यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आज लामोदुरीका सवारीसाधन ठप्प पारेका छन । भोलि जेठ १९ गतेदेखि सार्वजनिक यातायात पुर्ण रुपमा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजि सवारी साधनले यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । यातायात ब्यबसायीहरुले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले बताए ।

संयोजक जोशीले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरुले विरोध गरेको बताउदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो भन्ने प्रश्न गरे । गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग आफूहरुको रहेको संयोजक जोशीले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च