रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले संसदमा जवाफ दिने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२३
  • सुन्नुहोस् 
 
रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं।गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा विषयमा जवाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते बस्ने बैठकमा सो घटनाका विषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

त्यसअघि दुई पार्टीका सांसदहरूको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए। तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई जानकारी गराएका थिए।

गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए । 



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च