समाचार
अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न दुई दिने कार्यशाला धनगढीमा शुरु
युनिसेफ नेपालको सहयोग तथा साझेदारी अजयमेरु गाउँपालिका र कैलारी गाउँपालिका संगको सहकार्यमा सामुदायिक विकास केन्द्र |ऋम्ऋ द्वारा गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम क्भ्क्ए०अन्तर्गत अनौपचारिक शिक्षाको मार्गदर्शन २०७९ र राष्ट्रिय योग्यता प्रारुप ढाँचा २०७७ लाई स्थानीयकरण गर्न र स्थानीय तहमा त्यसको संरचना स्थापना गर्ने उद्देश्यले २ दिने आवासीय क्षमता विकास कार्यशाला आज देखि धनगढीमा सुरुवात भएको छ । कार्यक्रमको अध्यक्षता कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता गाँउपालिका राष्ट्रिय महासंघ केन्द्रिय कोषाध्यक्ष एवं अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट थिए । कार्यक्रको उदेश्य बारे सामुदायिक बिकास केन्द्रका कार्यक्रम निर्देशक हेमराज जोशीले गरेका थिए । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयको तर्फबाट लोकेन्द्र प्रसाद भट्टले आफ्नो भनाइ राखेका थिए । दुईदिने कार्यशालाको सहजिकरण शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव निलकण्ठ ढकाल बाट हुनेछ । कार्यक्रममा दुवै गाउँपालिकाका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत योजना अधिकृत सामाजिक बिकास समिति संयोजक शिक्षा शाखा प्रमुख रोजगार संयोजक र युनिसेफ र सामुदायिक विकास केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्