धनगढी। गेटामा मेडिकल बिश्व बिद्यालय स्थापनाका लागी धनगढीमा प्रदर्शन गरिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५को बजेट भाषणमा एक सय बेडको अस्पताल शुरु गरिने उल्लेख गरेपछि यहाँका नागरिकहरु त्यसको बिरोधमा आन्दोलित बनेका छन्।
गेटामा मेडिकल बिश्वबिद्यालय स्थापनाका लागी आज बिहान सँयुक्त बिद्यार्थी संगठनले आन्दोलन गरेको हो। सहभागी धनगढी एसपीए क्याम्पसका बिद्याथीहरुले शासकहरुले सुदुरपश्चिमलाई अपहेलना कहिलेसम्म, हामीलाई कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय बिश्व बिद्यालय नै चाहिन्छ भन्दै नाराबाजी गर्दै प्रर्दशन गरेका हुन्।
प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदबाट निर्णयनै गराएर दशरथचन्द बिज्ञान बिश्वबिद्यालय बनाउने बताएपनि निर्णय बिपरित बजेट आएको भन्दै संघर्ष समिति लगायत बिभिन्न क्षेत्रबाट आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्। दशरथचन्द गेटा मेडिकल बिश्वबिद्यालय स्थापनार्थ सघर्ष समितिको अगुवाईमा मंगलबार धनगढीमा विरोध प्रदर्शन गरिएको छ। दशरथचन्द गेटा मेडिकल बिश्वबिद्यालय स्थापनार्थ सघर्ष समितिले सोमबार मात्रै धनगढीमा सडक बहस कार्यक्रमको आयोजना गरेको थियो ।
समितिका संयोजक आनन्द भट्टले सबै क्षेत्रका ब्यक्तीहरुका धारणका लागी सडक बहस कार्यक्रम आयोजना गरिएको बताए। बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा आम नागरिकहरु सहित धनगढी पार्कमोडमा सडक बहस गरिएको थियो । सघर्षका कार्यक्रम अन्तर्गतनै सोमबार धनगढीमा बिरोध प्रदर्शन कार्यक्रम रहेको उनले बताए। उनीहरुले मेडिकल बिश्वबिद्यालय सञ्चालनका लागी दवाव दिन सडक संगै सदनभित्रपनि आन्दोलन आवश्यक रहेको बताएका छन् । सबैको एउटै स्वरमा, एउटै लक्ष सहित संघर्ष गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन्।
आगामी संघर्षका कार्यक्रममा सबैको सहभागिताका लागी उनीहरुले आपित गरेका छन् । संघर्ष समितिले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । आज मंगलबार धनगढीमा विरोध प्रदर्शनको कार्यक्रम रहेको संर्घया समितिका अध्यक्ष लोकराज पाण्डेले बताए । ‘आफूले गरेको निर्णयबाट सरकार किन पछि हट्यो भन्ने हाम्रो प्रश्न हो, जबसम्म मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरू सेतो एप्रोन लगाएर पढ्न पाउँदैनन् तबसम्म हामी आन्दोलन गरिरहने छौं,’ उनले भने । गेटामा २५ वर्षअघिदेखि सुरू भएको मेडिकल कलेज बनाउने कुरा अझै सम्भव भएको छैन । संरचना बनेर तयार भए पनि सरकारले यसलाई प्रादेशिक अस्पतालभन्दा पनि निम्नस्तरको बनाएर चलाउन खोजेको आरोप लगाएका छन् ।