धनगढी।रेडियो एक्टिभ एफएम ९७.२ मेगाहर्ज धनगढीको आयोजनामा रेडियो पत्रकारिता तथा उद्घोषण तालिम आईतबारबाट धनगढीमा सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै एश्वर्य बुहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले सबैको आवाज बोल्ने पत्रकारिता भएकोले यसमा नवआगन्तुकले मेहेनतका साथ अघाडी बढ्नुपर्ने बताए । अहिलेको समयको माग अनुसार मिडिया आघाडी बढेपछि मात्रै सफल हुने क्याम्पस प्रमुख भट्टले बताए ।
रेडियो एक्टिभ एफएम ९७.२ मेगाहर्जको संचालक अनिल कुमार भोजानीयाले संचार क्षेत्रमा अहिलेका युवाहरुको आर्कषणको बिषय भएकोले मिडिया क्षेत्र पनि फस्टाउदै गएको बताए । अहिले सिक्ने क्रममा नै सबै बिषयमा कडा अध्यनका साथ अघी बढे मात्रै यो क्षेत्रमा सफल हुने संचालक भोजानीयाले बताए ।
कार्यक्रममा डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दलबहादुर बोगटी, रेडियो एक्टिभ एफएम ९७.२ मेगाहर्जका स्टेशन म्यानेजर श्रवण देउवा, गोरखापत्रका सुदूरपश्चिम प्रदेशिक कार्यालयका प्रमुख कृतबहादुर बिष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण दक्ष र अनुभवी प्रशिक्षकद्वारा दिईने रेडियो एक्टिभ एफएम ९७.२ मेगाहर्जका तालिम संयोजक प्रेम चन्दले जानकारी दिए ।
रेडियो एक्टिभ एफएम ९७.२ मेगाहर्जको संचालक संस्था एसटिए मिडिया प्रा.लिका संचालक अनिल कुमार भोजानीयाको अध्यक्षता भएको उद्घाटन कार्यक्रमको एश्वर्य बुहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीका अध्यक्ष चेतनबिक्रम चन्दले गरेका थिए । तालिम रेडियो एक्टिभ एफएम ९७.२ मेगाहर्ज धनगढीका आयोजना र दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको समन्वयमा भैरहेको छ ।