धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबास्थित महादेव तालमा युवक मृतबारे नेपाल सिप एण्ड बोट विल्डिङ कम्पनिले स्पष्टिकरण जारी गरेको छ ।
शनिबार तालमै पत्रकार सम्मेलन गर्दै कम्पनिले मृत युवक तालमा पौडी खेल्ने क्रममा डुवेको कम्पनिले जनाएको हो ।
‘हामीलाई मन्दिर पुर्याई देउ भन्दै बोट चलाउन दबाब दिइरहेका थिए । हामीले मन्दिर विहान ५ बजेपछिमात्र खुल्ने हुँदा लैजान पनि नसकिने र बोट पनि दिन नसकिने कुरा अवगत गरायौं’ कम्पनिका अध्यक्ष लेखनाथ पौडेलले भने –‘त्यसपछि उनिहरु आफै पौडी खेल्न सक्षम छौं । आफै जान्छौं भनी चार जना कपडा खोलेर पानीभित्र पसेका हुन । त्यसक्रममा तीन जना मन्दिर पुगेको वारीबाटै प्रस्टै देखिन्थ्यो ।’
उनले एक जना अँध्यारोका कारण नदेखिएको बताउँदै –‘केही समयपछि तालको बिचबाट बचाउ बचाउ भनेर आवाज आएपछि हामी बोट लिएर उद्दारका लागि गएका थियौं । तत्काल सुरक्षा संयन्त्रलाई पनि खबर गरेका हौं । तीन घण्टाको प्रयासपछि शवलाई बाहिर ल्याइएको हो ।’
उनले केही मिडियामा बोटबाट मानिस खसेर मृत्यु भएको भन्ने समाचार आएको प्रति ध्यानाकर्षण भएको बताए । उनले भने –‘कम्पनिले विहान ६ बजेदेखि साझ ७ बजेसम्ममात्र बोट सेवा दिन्छ ।’