धनगढी। धनगढीमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) नभएका आटो चालकलाई कैलाली ट्राफिक प्रहरीले कडाई गरेको छ । बिहिबार मात्रै धनगढीमा चालक अनुमति पत्र (लाईसेन्स) नभएका ६० जना अटो चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नियन्त्रणमा लिएको थियो ।
धनगढीमा बिहान ८ बजेदेखी १० बजे सम्म ट्राफिक प्रहरीको चेकजाचका क्रममा ६० जना आटो चालक संग चालक अनुमती पत्र नभेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिएका छन् । अहिले अटो चालकका कारण धनगढीमा दुर्घटना बढ्दै गएकोले ट्राफिक प्रहरीले कडाई गरेको हो ।
चेकजाँच गर्ने क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने चालक तथा सवारी नियम विपरित सवारी चलाउने सवारी चालकहरुलाई नियन्त्रणमा लिई ट्राफिक कार्यालयमा भेला जम्मा सम्झाई बुझाई गरी छोडेको छ । अब धनगढीमा सवारी चालक अनुमती पत्र ९लाईसेन्स० नभएका आटो चालकलाई कार्वाही गर्ने प्रहरी निरीक्षक जोहारीले बताए ।