काठमाडौं । अब सबै सार्वजनिक स्थानमा क्यूआरबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने भएको छ । यसभन्दा पहिले सरकारी संस्थाहरुमा नै क्युआरबाट भुक्तानी गर्न मिल्दैन थियो ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट प्रस्तुत भइरहेको छ ।