धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ७ ले आइतबार एक विशेष कार्यक्रमको आयोजना गर्दै आफ्नो एक वर्षे कार्यकालको प्रगतिविवरण सार्वजनिक गरेको छ । वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्रबहादुर बमले आफू निर्वाचित भएर आएपछिको एक वर्षसम्मको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।
आफू निर्वाचित भएपछि वडाका विभिन्न ३७ वटा योजनाहरु सम्पन्न गरेको जनाउँदै भने,‘म निर्वाचित भएर आएपछि वडामा रहेका विभिन्न योजनाहरु निर्माण गर्नुका साथै मर्मत सम्भार, किसानका समस्या, तटबन्धन, स्वास्थ्य शिविर लगाएका शीर्षकमा काम गरेको छु ।’ भुइँयाफाटा रामपुर जोड्ने कटैनी नदीको पुल मर्मत, छटकपुर वसन्ता कटैनी नदीको काठेपुल मर्मत, छटकपुरको अधुरो सामुदायिक भवन निर्माण, पुरनो भइयाफाँटा महिदथान फर्मदेखि भगतपुर चोकसम्म बाटो ग्राभेल, जनता आवि रामपुरको भवन मर्मत, नेपाल मानव धर्म सेवा समिति आश्रम, हंस ज्ञान मन्दिर निर्माण, रतनपुर सामुदायिक वनको कोठर घर निर्माृण, वडा कार्यालयदेखि रेन्जपोष्ट–हुलाकी सडकसम्म ग्राभेल, भुइयाफाँटा चन्द्रिकाको घर नजिक कल्भर्ट र रामपुल क्लब घरसम्म सडक स्तरोन्नति, रामपुरको शिव मन्दिर निर्माण, रामपुर प्रतीक्षालय निर्माण बसपार्क हुलाकी रोड निर्माण, गौशाला पूर्वाधार सुदृढीकरण तथा सामुदायिक पशु व्यवस्थापन, लोहर डुंगा नालामा पटानी तथा काठेपुल निर्माण, वडा नम्बर ७ को गुरुवा वैदवा समितिको भवनको लागि शौचालय निर्माण, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बसन्ता झोलुङ्गे पुलदेखि पुरानो बेजपुरसम्म २० फिट बाटो निर्माण, रतनपुरमा सिँचाइको लागि लोकनाथको खेतदेखि सगरपुरान खेतसम्म कुलो निर्माण तथा मर्मत, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जस्तापाताको छानामुनि ल्याउने कार्यक्रमका लागि १०३ घरधुरी सिफारिस, कृषि विद्युतीकरण अन्तर्गत ४५ जना कृर्षकलाई बोरिङ तथा मोटर वितरण, २०७८ सालमा बाढीबाट प्रभावितहरुको धानबालीको राहत वितरण, बाढीबाट प्रभावितको घरधुरी व्यवस्थापनका लागि वन मन्त्रालयबाट स्वीकृति, खानेपानी विस्तारका लागि बजेट विनियोजन, हौसलपुरमा बाल विकास केन्द्रको स्थापना, १३ थान उच्च नल्का वितरण, सामाजिक सुरक्षा भत्ता वितरण कार्य वडा कार्यालयबाटै शुभारम्भ, मोहना नदीमा झोलुङ्गे पुल सञ्चालन, तारजाली वितरण, अवकाश भएका स्वयम् सेविकालागि १ लाख रुपैयाँ हस्तान्तरण कार्यक्रम शुभारम्भ, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिइनुका साथै आँखा चेकजाँच शिविर सञ्चालन गरिएको उनले बताए । पाठेघरमा हुने क्यान्सर रोगको चेकजाँच सिविर, थारु आलु पकेट कार्यक्रमअन्तर्गत छटकपुर बसन्तामा अनुदान वितरण, थाल आलु पकेटमा ३ दिने तालिम, बगर खेती कृर्षकलाई खरबुजाको बीउ वितरण, हरियाली सहकारी र समीक्षा सहकारी मार्फत् अनुदामा धानको बीउ वितरण, सूर्यमुखी खेती, मकै खेती कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यी शीर्षकमा वडा कार्यालयबाट २ करोड २२ लाख ७५ हजार १ सय ४१ रुपैयाँ खर्चेको उनले जानकारी दिए । विपतपुरमा गत वर्ष आगलागीबाट ध्वस्त भएका स्थानीयका २७ वटा पक्की घर निर्माण गरिएको उनले बताए ।
यस्तै, ज्येष्ठ नागरिक तथा एकल महिला लक्षित कार्यक्रम अन्तर्गत ५२६ जनालाई सुपानेट झुल, दलित लक्षित कार्यक्रम अन्तर्गत २२ दलित घरधुरीलाई २÷२ थान कुर्सी वितरण, भलमन्सालाई ६ महिनाको सञ्चार खर्च, अपाङ्गता लीक्षत कार्यक्रअ अन्तर्गत विभिन्न वर्गका व्यक्तिलाई सुपानेट झुल वितरण, महिला लक्षित कार्यक्रम अन्तर्गत नेतृत्व विकास तालिम, सहिद तथा घाइते परिवार लक्षित कार्यक्रम अन्तर्गत ३ दिने बेमौसमी तरकारी खेती तालिम, मुक्त कमैया तथा कमलहरी लक्षित कार्यक्रमअन्तर्गत ३ दिने बंगुर पालन तालिम, युवा तथा बालबालिका लक्षित कार्यक्रम अन्तर्गत लागू औषध दुव्र्यसनी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम र युवा तथा बालबालिका लक्षित कार्यक्रम अन्तर्गत खेलकुदका पोशाक खरिद, खेलकुदका सामग्री वितरण तथा वडास्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यी शीर्षकमा १० लाख ३३ हजार २ सय रुपैयाँ लगानी गरिएको उनले बताए । एक वर्षमा आफूले गरेका कामको फेहरिस्त सुनाउँदै उनले भने,‘अब नयाँ आर्थिक वर्षदेखि स्थानीयको जनचाहना अनुसार कार्य गर्दै भौतिक विकास निर्माणका कार्यमा थप सशक्त भएर लाग्नेछौँ ।’