कैलाली । कैलालीमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले आगलागि नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ । आज मंगलबार धनगढी उपमहानगरपालिका- १८ डिपो बजार स्थित फुटबल मैदानमा सिलिन्डर ग्यासमा आगलागि नियन्त्रण र सुरक्षा सचेतनामुलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो ।
खाना पकाउने ग्याँस सिलिन्डर तथा गाँउ बस्तीमा आगलागि भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागि सम्बन्धी नमुना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरले जानकारी दिएको छ । सिलीन्डर ग्यास तथा अन्य कारणले हुने आगलागि जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ, ग्याँसमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कृतीम घटना अभ्यासमा सिलीन्डर ग्यासमा आगलागि भएपछीको अवस्था र आगलागि पश्चात गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । प्रक्रीया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरु हेर्दा साच्चीकै सिलीन्डर ग्यासमा आगलागि भए जस्तो आभाष भएको कृतिम घटना अभ्यासमा सहभागि स्थानियहरुले बताएका छन् । शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरले कैलालीमा समय समयमा प्राकृतिक प्रकोप जन्य कार्य आगलागि तथा बाढीबाट सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आईरहेको छ ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीका गणपति ससस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासीन्दा, विभिन्न विद्यालयका विद्यार्थी, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।