काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई मन्त्री थपिएका छन्। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका छन्।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन्। महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी (जसपा) बाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए। उनीहरुको शपथ भोली १० बजे हुने बताइएको छ।