धनगढी । विकासको सूचकांकलाई हेरेर स्रोतमाथि सुदूरपश्चिमको विशेषाधिकार दाबी गर्न काठमाडौं आएको सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटेको छ।
आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि केन्द्र सरकारले बजेट निर्माणको अन्तिम तयारी गरिरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले अर्थमन्त्रीलाई भेटेको हो। सुदूरपश्चिमको टोलीले प्रदेशको आर्थिक प्याकेज नघटाउन र महत्वपूर्ण गौरवका योजना समावेश गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ।
भेटका क्रममा अर्थमन्त्री महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकताका साथ केन्द्र सरकार सहयोग गर्न तयार रहेको बताए।