काठमाडौं। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबारबाट पूर्ण रूपमा लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते (आज) देखि दर्तावाल मोबाइल मात्रै चल्ने व्यवस्था लागू गरेको हो। आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वतः एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने भएको हो।
प्राधिकरणाले हालसम्म नेपालमा सञ्चालित सबै मोबाइल स्वतः दर्ता भएको जनाएको छ। तर अब भित्रिने मोबाइल दर्ता गरिएन भने त्यसमा नेपालका कुनै सिम चल्दैन।
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो मोबाइल दर्ता भए नभएको बेवसाइटबाट हेर्न सक्ने जानकारी दिएको छ। विदेशबाट मोबाइल ल्याउने नेपाली आफैँले निशुल्क एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने छ। दर्ता गर्दा पासपोर्ट वा जहाज चढ्दाको बोडिङ अपलोड गर्नुपर्ने व्यवस्था छ।