धनगढी।नेपाली काँग्रेस कैलालीले पार्टी सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । शुक्रवार कैलालीको लम्कीमा सम्पन्न जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । जिल्ला सम्मेलन आगमी जेठ ५ गते कैलारी गाउँपालिकाको हसुलियामा संचालन गरिने जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।
सो बैठकले जिल्ला सम्मेलनमा आगामी वर्षको कार्यक्रमको तय गर्ने जिम्मेवारी जिल्ला सभापति नारायणदत्त भट्ट, साँगठानिक प्रतिबेदन तयार गर्न जिल्ला सचिब नृप बहादुर सुनार र राजनितीक प्रतिबेदन तयार गर्न जिल्ला सचिब केशब मिश्र, आर्थिक प्रतिबेदन तयार गर्न जिल्ला कोषाध्यक्ष देबकी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरिएको सचिव सुनारले जानकारी दिए । जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलनमा लाग्ने अनुमानित लागत खर्च समेत स्वीकृत गरेको छ ।