काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
राजधाीको बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गत पुस १० गते रास्वपा प्रचण्ड नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो । रास्वपा सभापति रवि लामिछाने र्नेतृत्वमा सरकारमा सहभागी भएको भए पनि अहिले आएर समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि बसेको बैठकले आजका लागि निर्णय गर्ने भन्दै बैठकमा विभिन्न समितिको टुंगो लगाएको थियो । सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन अनेक प्रयत्न गरेको भए पनि अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारको लय राम्रो नरहेको, नीति तथा कार्यक्रम पुस १० को अनुसार नभएको लगायतका आरोप लगाउँदै रास्वपाले समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ ।