राष्ट्रपतिले आफ्नो उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन्। सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन्।
उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति पौडेल को स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार भएको थियो।
११ दिन उपचार गराएर राष्ट्रपति आइतबार राति स्वदेश फर्किएका थिए। उनको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने भन्दै कांग्रेस महामन्त्री गगन थापाले समेत जोड दिएका थिए।