धनगढी,२६ असार
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले स्थानीयतहका जनप्रतिनिधीहरु र कर्मचारीहरुले जनमैत्री बन्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति कैलालीको आयोजीत स्थानीयतहका पदाअधिकारी तथा कर्मचारीहरुको लागि खरिद ब्यबस्थापन तथा सार्वजनिक हित ब्यबस्थापन सम्वन्धी तिन दिने तालिमको समापन समारोहमा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । जनताका सेवक हौ भन्ने भाव हामीले राख्नुपर्दछ र सोही अनुसारको ब्यावहार पनि देखाउँनुपर्छ नगरप्रमुख वडले भने,‘ यसका लागि जनप्रतिनिधी र कर्मचारीहरुले पनि रुपान्तरण हुनु जरुरी रहेको छ ।
जनप्रतिनिधी र कर्मचारीका कारण कुनैपनि सेवाग्राहीले दुःख पाउनु हुदैन नगरप्रमुख वडले भने,‘त्यस्तो भए हिजो र आजमा के फरक ? उनले ब्यबस्था फेरीएकाले सबैले सोही अनुसार मुस्कान सहितको सेवा दिनुपर्ने बताए । उनले धनगढी नगरपालीकाले सेवाग्राहीलाई सजिलो होस भनेर ई–गभरनेन्स सेवा सुरु गर्न थालेको बताए । हाम्रो ब्यावहार र कृयाकलाप पारदर्शि बन्नुपर्छ उनले भने,‘ लोकतन्त्र भनेकै खुला शासन ब्यबस्था हो ।