काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ।
प्रसाईँले बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ।
बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईँलाई १५ दिनको समय दिएको हो।
पटक पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ।