काठमाडौं । शनिबार कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका कर्णाली, गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।
शनिबार राति कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।