आगामी शैक्षिक सत्रबाट ‘डोटेली’ भाषामा पाठ्यक्रम लागु हुने

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ।कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम तयार पारेको हो। स्थानीय भाषा अर्थात डोटेली भाषामा पाठ्यक्रम तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले बताए।
देवनागरी लिपिमा डोटेली भाषामा आधारभूत तहको पाठ्यक्रम तयार पारिएको उनले बताए। पाठ्यक्रममा स्थानीय भाषा, भेषभुषा, कला संस्कृति, धार्मिक तथा पर्यटकीय क्षेत्रका बिषयमा समेटिएको उनले बताए।