धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका प्रध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । बुधवार आन्दोलनरत प्रध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन ।
विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको हुँदा आन्दोलन गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् ।
यसको समाधानको लागी सञ्चालक समिति सँग पहल, अनुरोध गदै आएको तर क्याम्पस प्रशासनहरूले बेवास्ता गर्ने र अभियानमा लागेकालाई धम्काउने कार्य गरेको हुँदा आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताए ।सञ्चालक समितिले माग पत्र बुझ्न नै नचाहेकोले बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् ।
यदि माग सुनुवाइ नभएको खण्डमा थप कडा कदम चाल्न बाध्य हुने र त्यस बाट उत्पन्न परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन, सञ्चालक समिति हुने प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।