काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा नागरिकता विवादमा मन्त्री पद गुमाएका रवि लामिछाने विरुद्धको रिट निवेदनको पेशी तोकिएको छ ।अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो ।
महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदरको माग गर्दै सर्वोच्चमा सफलले रिट निवेदन दिएका थिए । यसअघि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी पोखरेलले निर्णय गरेका थिए । पोखरेलको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको हो ।