फूलवारी । कैलालीको धनगढी उपमहानगरपालिका १८ स्थित ई गाउँमा रहेको फूलवारी बहुमुखी क्याम्पसको १३ औं बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । क्याम्पसले आज सोमबार विभिन्न कार्यक्रम गरि बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।
क्याम्पसको बार्षिक उत्सब कार्यक्रममा सुदुरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीले पुतला नाच, भुवा नाच र चावही नाच प्रस्तुत गरेको थियो । सो कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुले समेत सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समेत विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरी भब्यता पुर्वक कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसले बार्षिक उत्सबको अवसरमा विभिन्न समयमा क्याम्पसलाई सहयोग गरि योगदान गर्ने बुद्धिजिबि, समाजसेबी व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरि सम्मान गरेको छ । क्याम्पसले कार्यक्रममा सांस्कृतिक क्रियाकलापमा सहभागी विभिन्न बिधालयका विद्यार्थीलाई समेत सम्मान गरेको छ ।
क्याम्पसले विभिन्न खेलमा विजयी भएका विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको छ । क्याम्पसमा खेलाईएका विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापमा उत्कृृष्ट प्रदर्शन गर्ने विद्यार्थीको हौसला बढाउन पुरस्कार प्रदान गरिएको क्याम्पस प्रशासनले बताएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बस्नेतको अध्यक्षतामा सम्पन कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका माननीय सांसद धर्मराज पाठक रहेका थिए । त्यस्तै कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पुर्व राज्यमन्त्रि शुशिला बुढाथोकी लगायत शिक्षा प्रेमी,बुद्धिजिबी, समाजसेवी, सामुदायिक बनका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि तथा अभिभाबको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले फूलवारी क्षेत्रमा शैक्षिक धरोहरको रुपमा रहेको फूलवारी क्याम्पसका समस्या समाधान र विकासका लागी आफुले प्रदेश संसदमा आवाज उठाने प्रतिबद्धता व्यक्त गरे । उनले यस क्याम्पसको विकासका लागी क्याम्पस व्यवस्थापन समितिलाई पुर्ण सहयोग गर्दै समस्या समाधानका लागी निरन्तर लागी पर्ने बताए ।
कार्यक्रमका सभापति समेत रहेका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बस्नेतले क्याम्पसको विकासका लागी आफु दिनरात लागी रहेको बताउंदै यस क्षेत्रका कतिपय व्यक्तिहरु बाट सहयोग नपाउंद आफुलाई दुख लागेको बताए । उनले क्याम्पसको आर्थिक समस्या समाधानका लागी अध्यक्ष एक्लैको प्रयासले मात्र सम्भव नभएकाले सबैले साथ दिनु पर्ने बताए । उनले क्याम्पसको अध्यक्षका हैसियतले कुनै गल्ती गरेको भए जानकारी दिन अनुरोध गर्दै आफु सबैलाई मिलाएर लिन तयार रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा हाल १८९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसको दिगो आर्थिक स्रोत नहुदा क्याम्पसले हाल सम्म शिक्षक,प्रध्यापकको १ करोड भन्दा बढि रकम तलब भत्ता वाफत भुक्तानी दिन बांकी रहको छ ।